arrow

सत्ताधारी दलहरुको गठबन्धन गर्ने विषयको प्रतिवेदन शीर्ष नेतालाई बुझाइँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २८ सोमबार
gathabandha-five-parties (1).jpg

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले गठन गरेको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिले पार्टीको शीर्ष नेतृत्व समक्ष आज प्रतिवेदन बुझाउने भएको छ  । 

कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सो समितिले सबै दलको स्थानीय तहमा रहेको पछिल्लो  अवस्थाबारे सङ्कलन गरेको विवरणका आधारमा  तयार पारेको सुझावसहितको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउने भएको हो ।

आइतबार पौडेलको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले देशभरका स्थानीय तहबाट आएको विवरणको आधारमा बनाएको प्रतिवेदन बुझाउन लागेको हो । 

गठबन्धनमा आवद्ध दलहरु कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल आवद्ध दलहरु स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयपछि उक्त प्रतिवेदन तयार पारिएको हो ।  



नयाँ