arrow

सबैभन्दा बढी सेयर किने पनि ट्विटरको बोर्डमा बसेनन् एलन मस्क

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २८ सोमबार
elon-musk.jpg

काठमाडौँ। विश्वकै धनाढ्य स्पेसएक्स एवं टेस्लाका मालिक एलन मस्कले ट्विटरको बोर्डमा नबस्ने निर्णय गरेका छन्। गत महिना उनले ट्विटरको सबैभन्दा बढी ९.२ प्रतिशत शेयर किनेको कुरा सार्वजनिक भएसँगै उनी ट्विटरको बोर्डमा बस्न सक्ने अनुमान धेरैले गरेका थिए ।

ट्विटरको बोर्डले नै उनलाई अप्रिल ९ बाट द्वितीय स्थानको निर्देशकका रूपमा बोर्डमा रहन सक्ने र सदस्य हुनसक्ने भन्दै स्वागत गर्न तयार रहेको बताएको थियो ।

तर, ट्विटरका सिइओ पराग अग्रवालले आफू बोर्डमा नबस्ने जानकारी एलन मस्कले ट्विटरलाई गराएको बताएका हुन् ।

ट्विटरका सिइओ अग्रवालले कम्पनीलाई लेखेको म्यासेजमार्फत मस्क बोर्डमा समावेश नहुने जानकारी दिएका हुन् ।

ट्विटरका पूर्व सिइओ एवं संस्थापक ज्याक डोर्सीकै नाममा पनि २ प्रतिशत शेयर मात्रै रहेको छ ।

मस्कसँगको निरन्तर छलफलका बाबजुद पनि उनले बोर्डमा नबस्ने निर्णय लिएको सिइओ अग्रवालले बताएका छन् ।

मस्क अहिले बोर्डमा समावेश नभए पनि कम्पनीको सबैभन्दा ठुलो शेयर होल्डरका नाताले उनका लागि ट्विटर सधैँ खुला रहेको अग्रवालले बताएका छन् ।

ट्विटरमा स्वतन्त्र अभिव्यक्ति हनन हुने जोखिम देखिएको र ठुला कर्पोरेटहरूको प्रभाव बढेको भन्दै ट्विटर स्वतन्त्र हुनुपर्छ भन्ने मस्कको भनाइथियो । 

सोही अनुरूप मस्कले ट्विटरलाई स्वतन्त्र प्लेटफर्मका रूपमा स्थापना गर्ने प्रयास स्वरूप मात्रै ट्विटरको सेयर किनेको कुरालाई उनको बोर्डमा नबस्ने निर्णयले झनै सङ्केत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ