राप्रपा केन्द्रीय सदस्य युवती कार्कीद्वारा राजीनामा
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
1.3k
Shares
फाइल तस्बिर
काठमाडौँ। राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले राप्रपा छाडेकी छन्। उनले मङ्गलवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजीनामा बुझाएकी हुन्।
भक्तपुरमा क्रियाशील कार्कीले साधारण सदस्यदेखि केन्द्रीय सदस्यसमेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेकी छिन्। पार्टी स्थापनाकालदेखि नीति, सिद्धान्त र सङ्गठन विस्तारमा लागेकोमा हाल विविध विचलन देखिएको उनले बताएकी छन्।