arrow

कास्कीमा एकीकृत समाजवादीसँग गठबन्धन तोडियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
pokhara-congres-kaski.jpg
फाइल तस्वीर

पोखरा । नेपाली कांग्रेस कास्कीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग आशन्न निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।

एसले कास्कीका विभिन्न तहमा अस्वाभाविक माग राखेका कारण सहमति हुन नसकेको भन्दै गठबन्धन नगर्ने निर्णय गरेको हो । 

पार्टी सचिवद्वय भानु ढकाल र देवेन्द्र रानाभाटले एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एससँग गठबन्धन नगरी स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय भएको उल्लेख गरेका छन् ।

नेकपा एससँग गठबन्धन नभए पनि अन्य दलहरूसँग छलफल भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसको प्रदेश, क्षेत्र, महानगर र वडा समितिको राय, सुझाव अनुसार नै नेकपा एससँग गठबन्धन नगर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ