arrow

कास्की कांग्रेसको कार्यालयमा तालाबन्दी, सामूहिक राजीनामा दिने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
tala.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा ताला लगाइएको छ । नेपाली कांग्रेस पोखरा महानगर समितिले पार्टी कार्यालयमा ताला लगाएको हो ।

पोखराको मेयर नेकपा (एकीकृत समाजवादी) लाई दिने निर्णय गरेको विरोधमा पार्टी कार्यालयमा ताला लगाइएको हो । कांग्रेसको महानगर समितिको कार्यालय पनि सँगै रहेको छ । योसँगै पार्टीको दुवै कार्यालयका कामकाज ठप्प भएका छन् ।

पार्टी कार्यालयमा ताला लगाएर महानगर समिति नेपाली कांग्रेसको गण्डकी प्रदेशको कार्यालयमा पुगेका छन् । उनीहरूले प्रदेश सभापति शुक्रराज शर्मालाई ज्ञापन पत्र बुझाएको महानगर सभापति सुरेन्द्र बिजुक्छेले जानकारी दिए । 

केन्द्रीय सभापति शेरबहादुर देउवा लगायत केही नेताले गठबन्धनको नाममा व्यक्तिगत स्वार्थ लाद्ने काम गरेको उनले आरोप लगाए । साथै केन्द्रीय नेतृत्वले पोखरा महानगर समितिसँग गठबन्धनका विषयमा कुनै सल्लाह नगरी उपेक्षा गरेको र एकलौटी निर्णय गरेको सभापति बिजुक्छेले गुनासो गरे । 

गठबन्धनका विषयमा पोखराका ३३ वटै वडा सभापतिको भेला आजै राखेर धारणा तय गर्ने र केन्द्रले आफूहरूको मागका विषयमा ध्यान नदिए सामूहिक राजीनामा दिनेसमेत सभापति बिजुक्छेले चेतावनी दिए । 



नयाँ