- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले पोखराको मेयर र उपमेयरका आकाङ्क्षीहरू सबैको नाम केन्द्रमा सिफारिस गरेको छ ।
नेपाली कांग्रेस कास्कीले प्रदेश समितिमा सिफारिस गरेका उम्मेदवारका आकांक्षी हरुलाई जस्ताको तस्तै केन्द्रमा सिफारिस गरिएको छ ।
कास्की कांग्रेसले सत्ता गठबन्धनको निर्णय नमान्ने भन्दै मेयर पदका उम्मेदवारहरू सिफारिस गरेको छ ।
जिल्लाको सिफारिसलाई प्रदेश समितिले केन्द्रमा सिफारिस गरिएको पार्टी प्रवक्ता माधव प्रसाद बास्तोला मधुले जानकारी दिए ।
पार्टीको प्रदेश समितिको बैठक बसी जिल्लाको सिफारिसलाई विभिन्न सुझावसहित केन्द्रीय संसदीय समितिमा सिफारिस गरिएको प्रवक्ता बास्तोलाले बताए ।
सिफारिस भएका मेयरका आकाङ्क्षीहरू १८ र उपमेयरका आकाङ्क्षीहरू १० जना रहेका छन् ।
यी हुन् केन्द्रमा सिफारिस भएका मेयर र उपमेयरका आकाङ्क्षी
मेयर
१. सुदिपमोहन भट्टराई
२. परमेश्वर पोखरेल
३.निर्मल प्रसाद कर्माचार्य
४. कृष्ण बहादुर केसी
५. डा. बाबुराम आचार्य
६. सरस्वती गुरुङ
७. नन्दप्रसाद तिवारी
८. गंगाधर पराजुली
९. वीरेन्द्र नारायण बिजुक्छे
१०.विश्व शङ्कर पालिखे
११. किशोरदत्त बराल
१२. बिन्दुकुमार थापा
१३. बाबुराम गिरी
१४. गणेश बहादुर भट्टराई
१५. कोपिला रानाभाट
१६. किरण केसी
१७. विश्व घिमिरे
१८. ऋषि सापकोटा
उपमेयर
१. माया बराल कार्की क्षेत्री
२.लक्ष्मी पाण्डे क्षेत्री
३. रङ्गिला आचार्य
४.आनन्दी राणा कार्की
५. टिकाकुमारी गुरुङ
६. दीपक मल्ल
७. मीलन थापा
८. चीनु गुरुङ
९. शिव केसी
१०. गोविन्द नेपाली