arrow

'हिजो साँझसम्म गठबन्धन टुटाउन षड्यन्त्र भएको थियो'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
prachanda-final1.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको मुखमा गठबन्धन टुट्छ र फेरि प्रतिगमनमा जान पाइन्छ भन्ने षड्यन्त्र भएको बताएका छन् । कैलालीको आमसभामा पुगेका प्रचण्डले प्रतिगामी शक्तिहरूले सो अवसर खोजी रहेको बताए । 

‘‘हिजो साँझसम्म गठबन्धन टुटाउन षड्यन्त्र भएको थियो’’, प्रचण्डले भने, ‘‘छ वटै महानगर र ११ वटै उपमहानगरपालिकामा सर्वसम्मत ढङ्गले तालमेल गर्ने निर्णय हुँदा प्रतिगमनकारी विक्षिप्त भएका छन् । मनस्थिति खलबल लिएको छ ।’’ 

राजनैतिक उपलब्धिको रक्षा गर्न र प्रतिगमनका विरुद्धमा पाँच दलको गठबन्धन बनेको उनले बताए । प्रचण्डले संविधान, समावेशी लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता तथा अस्मिताको रक्षा गर्दै प्रतिगमनलाई परास्त गर्न पाँच दलको गठबन्धन गरिएको स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ