arrow

कास्की कांग्रेसका सभापतिसहित पदाधिकारीहरू कार्यकक्षमै थुनिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
congress.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालसहित पदाधिकारी र सदस्यहरू कार्यकक्षमै थुनिएका छन् ।

नेपाली कांग्रेस पोखरा महानगरपालिका अन्तर्गत विभिन्न वडाका वडासभापतिहरुका साथै नेता कार्यकर्ताले जिल्लाका सभापति लगायतलाई कार्यकक्षमै थुनिदिएका हुन् । 

आशन्न निर्वाचनका लागि उम्मेदवारी मनोनयन शुरु भइसक्दा पनि पार्टीले कुनै निर्णय गर्न नसकेको भन्दै नेता कार्यकर्ताले कार्यकक्षमा ताला लगाइदिएका हुन् ।

गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा (एकीकृत समाजवादी)का नेता धनराज आचार्यलाई साझा उम्मेदवार बनाइएको छ ।

तर, कार्यकर्तालाई सो निर्णय चित्त बुझेको छैन । त्यसकै विरोध स्वरूप आइतबार कार्यकर्ताले जिल्ला सभापतिसहितका पदाधिकारीलाई थुनेका हुन् ।

जिल्लाका सभापति लगायतलाई गठबन्धन दलको वार्तास्थल होटल स्नोल्याण्डबाट जबरजस्ती ल्याएर पार्टी कार्यालयको कार्यकक्षमै थुनिदिएका हुन् ।

कार्यकर्ताहरूले पार्टीले निर्णय नगरेसम्म ताला नखुल्ने जनाएका छन् । 

पोखरा २२, १८ का सभापति र नेता कार्यकर्ताले आफूहरूको वडाको नेतृत्व अन्य पार्टीलाई दिन नसकिने जिकिर गर्दै दबाब दिनका लागि ताला लगाइएको उल्लेख गरेका छन् । 

पार्टी कार्यालयमा अप्रिय घटना हुन नदिन ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ । 



नयाँ