arrow

बीस चिनियाँ राजधानीबाट पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
Arrest-Crime.jpg

काठमाडौं । राजधानीबाट २० जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुलाई महाराजगञ्जबाट शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र अध्यागमन विभागले उनीहरुलाई पक्रेको हो । 

पक्राउ गरिएकामध्ये केहीको भिसा नै नभएको पाइएको छ । चीनबाट नेपाल आउँदा पर्यटक भिसामा आउने तर यहाँ आएर व्यपार गर्न थालेपछि प्रहरी सजग देखिएको छ । विभागले अनुगमन गर्दा पर्यटक भिसामा आएर केहीले व्यापार गरेको भेटिएको थियो । 

पक्राउ परेकाहरुलाई कानूनी कारबाहीका लागि अध्यागमन विभागको जिम्मा लगाइने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ