arrow

नेकपा एस र एनेकपा बीच एकतासभा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
ncp-united-socialist-party-office.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) बीच एकता हुने भएको छ । नेकपा एसले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको नेकपा एसका प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए । 

एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा आज नेकपा एसको केन्द्रीय कार्यालयमा दुवै पार्टीबीच एकतासभा गरिनेछ । 

नेकपा एमालेबाट विद्रोह गरी स्थापित भएको नेकपा एसले कम्युनिष्ट आदर्शको मूलधार भएको दाबी गर्दै आएको छ । 

स्थापनाको आठ महिनाको अवधिमा करिब १० वटा वामपन्थी विचारका विभिन्न पार्टी तथा मोर्चालाई समाहित गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ