३० वैशाखमा सार्वजनिक बिदा दिन सरकारसँग आयोगको सिफारिस
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
629
Shares
फाइल तस्बिर
काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। ३० वैशाखमा देशभर सार्वजनिक बिदा दिन सरकारसँग सिफारिस गरेको हो । त्यसका लागि निर्वाचन आयोगले मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गरिएको छ।
विगतमा पनि मतदानको दिन सार्वजनिक बिदा दिने गरिएको थियो। यस पटक पनि मतदानको दिन सार्वजनिक बिदाका लागि सरकारसँग सिफारिस गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। यो विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ।