- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश कार्यालय तोडफोड भएको छ । पोखरा महानगरपालिका वडा नं. १८ र २४ का कार्यकर्ताले पार्टी कार्यालय तोडफोड गरेका हुन् ।
कार्यकर्ताको तोडफोडबाट पार्टी कार्यालयको सचिवालयदेखि कार्यालयका फर्निचर, सभापति शुक्रराज शर्माको कुर्सीसमेत फोडेका छन् ।
कार्यालयको सिसा फुटेको कांग्रेस गण्डकी प्रदेश कार्यालयका प्रवक्ता माधव बास्तोला (मधु) ले जानकारी दिए । तोडफोडमा उत्रिएका २३ जना कार्यकर्तालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।