arrow

वडाध्यक्षका बागी उम्मेदवार शुभसहित समर्थक र प्रस्ताव पार्टीबाट निलम्बन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
shambhu-sovakar.jpg

अर्घाखाँची । नेपाली कांग्रेसबाट २०७४ को निर्वाचनमा वडाध्यक्षमा विजयी भएका शुभबहादुर सारूले स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीले कारबाही गरेको छ ।

 साधारण सदस्य समेत नरहने गरि पार्टीले सारूलाई कांग्रेसबाट निलम्बन गरेको छ । सारूको समर्थक र प्रस्तावकमा बसेका पूर्व पार्टी सभापति शोभाखर पौडेल र पूर्व उपसभापति जिवलाल पौडेल पनि पार्टीबाट निलम्बनमा परेका छन् । 

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) ग बमोजिम स्वतः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले निष्कासन गरेको कांग्रेस अर्घाखाँचीले जनाएको छ । सारूको पक्षमा प्रचारप्रसारमा जोडिने कार्यकर्तालाई निगरानीमा राख्न कांग्रेस अर्घाखाँचीले निर्देशन गरेको छ । 

पार्टीका आधिकारिक वडाध्यक्षका उम्मेदवार कृष्णप्रसाद पौडेलको प्यानललाई विजयी बनाउन कांग्रेस अर्घाखाँचीले निर्देशित गरेको छ ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ