arrow

'गठबन्धनभित्रका दलले अहङ्कार राख्न हुँदैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
madhab-nepal-g-na.jpeg

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनभित्रका दलले अहङ्कार राख्न नहुने बताएका छन् । राजधानीमा विभिन्न पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश नेपालले गठबन्धनभित्रका दलले अहङ्कार राख्न नहुने र वस्तुनिष्ठ भएर अगाडि बढ्नुपर्ने सुझाव दिए । 

उनले राष्ट्रियसभा निर्वाचनबाटै विजयको सुरुआत भएकाले गठबन्धनमा आबद्ध दल सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताए ।   उनले एकीकृत समाजवादी पार्टी पुष्पलालकालीन कम्युनिष्ट पार्टीको निरन्तरता भएको बताउँदै पार्टी देश र जनताको पक्षमा क्रियाशील भएको विषयमा परीक्षण भइसकेको विचार व्यक्त गरे । 

अध्यक्ष नेपालले आफू बृहत् बाम एकतासँगै लोकतन्त्र प्रेमी शक्तिसँग कार्यगत एकता गरेर प्रतिगमनविरुद्ध सङ्गठित भएर अघि बढ्दै पार्टी सङ्गठनलाई टोलसम्म विस्तार गर्न पनि नेता कार्यकर्तालाई आग्रह गरे ।

मनोनयन दर्ताका क्रममा पार्टीबाट ३५ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको जनाइएको छ । पार्टीबाट एकल उम्मेदवारी परेसँगै पार्टीका तर्फबाट दुई गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष, छ वडाध्यक्ष र २६ सदस्य निर्विरोध निर्वाचित भएको जानकारी दिइयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ