- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अलैंची नेपालको पहाडी भेगमा १२ सय देखि २५ सय मिटर उचाइमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म नै उत्पादन हुन्छ । यो नेपालको उत्कृष्ट कृषि उत्पादन हो । नेपालको कृषि उपजमा सबैभन्दा बढी निर्यात हुने एकमात्र उत्पादन अलैंची नै हो । जसलाई अंग्रेजीमा लार्ज कार्डामम या ब्ल्याक कार्डामम भनिन्छ । नेपालीमा अलैंची या ठूलो अलैंची भनिन्छ । यसलाई प्रायः चिनिँदा ‘मसलाको रानी’ नामबाट पनि चिनिन्छ ।
नेपालमा भइरहेको व्यवसायिक ट्रेडिङमा अलैंची किसानले उत्पादन गरेर नजिकैको बजारमा सस्तो मूल्यमा व्यवसायीलाई बेच्छन् । सबै व्यवसायीहरुबाट झापाको बिर्तामोडमा अलैंचीको मण्डी रहेको छ । जुन नेपालभरको अलैंची आएर त्यहाँ जम्मा हुन्छ । यहाँबाट लिएर व्यवसायीहरुले ग्रेडिङपछि सफाइ गरेर अहिले तीन वटा नामले कारोबार भइरहेको छ । एउटा चालु माल, अर्को एसडी र सफाइ गरेको उत्कृष्टलाई जेजे भनिन्छ । यो ४०–५० किलोको बोरामा प्याकिङ गरेर भारतमा निर्यात भइरहेको छ ।
यदि हामीले अलैंचीको यो उत्पादनलाई प्रयोग गर्यौं भने निर्यातमा पनि हामीलाई सरकारले सहयोग गर्यो भने वैदेशिक मुद्रा आर्जन गर्न सक्ने रहेछौं । सँगसँगै नेपालमै फलेको अलैंची नेपालमै बिक्यो भने स्वतः फाइदा भयो । नेपालभित्रै पैसा रह्यो । अर्कातर्फ विदेशबाट आउने अलैंचीको विकल्प रोक्न सकिने भयो ।
नेपालमा एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज प्रालि रहेको छ । यसबाट नै अलैंची विदेशी बजारमा पुगेको छ । यसले चार वटा उत्पादन गरिरहेको छ । मिजाज लार्ज कार्डमम चार वटामध्येको पहिलो उत्पादन हो । त्यसमा जुन गोटा अलैंची हुन्छ त्यसको पुच्छर काटेर सफा गरेर ग्रेडिङ गरेर सबैभन्दा ठूलो राम्रो दाना प्याकेजिङ गरिन्छ । यसको जम्माजम्मी चार वटा साइज रहेको छ । एक केजी, पाँच सय ग्राम, दुई सय ग्राम र सय ग्राम ।
दोस्रो उत्पादन हो लार्ज कार्डामम सिड्स । अलैचीलाई छोडाएर भित्रपट्टी दाना हुन्छ । त्यसलाई लार्ज कार्डामम सिड्स भनिन्छ । त्यसलाई पनि छोडाएर सफा गरेर ग्रेडिङ गरेर एक केजी र पाँच सय ग्रामको दुई वटा प्याकेटमा प्याकेजिङ गरिन्छ । तेस्रो उत्पादन हो मिजाज लार्ज कार्डामम पाउडर । एक गोटा अलैंचीलाई क्रस गरेर यसको पाउडर बनाइन्छ । यसको दुई वटा साइज छ । ५० ग्राम जुन बक्समा हुन्छ । यसलाई बक्स प्याकेजिङ पनि भनिन्छ । अर्को २० ग्रामको पाउच । यो शुद्ध पाउडर हो ।
त्यसैगरी नेपालमा पहिलो चोटी बनेको यो ब्राण्डको नाम हो मिजाज माउन्टेन पल्र्स । यो माउथ फ्रेसनर पनि हो । जसमा अलंैची छोडाएर भित्रबाट निकालिएको जुन दाना (सिड्स) हुन्छ त्यो दानालाई सिल्भर कोड गरेर केसर जसलाई साफ्रन पनि भनिन्छ साफ्रनमा ब्लेन गरेर उत्कृष्ट नयाँ स्वादमा ल्याइएको छ । यो ०.४ ग्राममा उपलब्ध छ ।
यसबाहेक एभरेष्टले कसैलाई पनि अलैंची इन्स्टिच्युसनल बायर (संस्थागत खरिदकर्ता) कोही छन् भने क्वान्टिटी अनुसार १० किलो, २५ किलो, ५० किलोको लुज प्याकेजिङमा पनि मिजाज ब्राण्डमै दिइरहेको छ । यो अर्डर बेसिसमा मात्रै बनाइएको छ । यस्तो प्याकेजिङ भारत र तेस्रो देशमा निर्यात भइरहेको छ ।
यदि हामीले नेपालमा अलैंचीको प्रयोग बढाएर सुकमेललाई निरुत्साहित गर्ने हो भने अर्को १२–१५ अर्बको सुकमेल नेपालमा भित्रन्छ त्यो पनि बन्द हुन्छ । यसरी विभिन्न दृष्टिकोणबाट हेर्दा एउटा उद्योगबाट सरकारलाई १५ देखि २० अर्बको मुद्रा संचिती सँगसँगै व्यापार घाटामा सघाउ पुर्याउँछ ।
अहिले कमोडिटीको रुपमा अलैंची भारत या तेस्रो देश निर्यात भइरहेको छ । यदि हामीले नेपालमै फलेको चिजलाई नेपालमै बनाएर ग्रेडिङ, प्याकेजिङ, लेभलिङ, ब्रान्डिङ गर्न सक्यौं भने भारत त जान्छ नै त्यो बाहेक तेस्रो मुलुक, पाकिस्तान, बंगलादेशसँगै मध्यपूर्वी देशहरुमा पनि जान्छ । यो जाँदा अहिले हामीले जुन बेचिरहेको चिज छ त्यसमा भ्यालु एडिसन भएर पनि जान सक्छ ।
किनभने हामीले भ्यालु एडेड उत्पादनहरु निकालिसकेका छौं । भ्यालु एडिसनले कहाँ कहाँ फाइदा गर्छ त भन्दा एउटा हाम्रो गुणस्तर राम्रो बन्छ । अर्को अलैंचीको भाउ बढ्न जान्छ । र, अलैंचीले राम्रो भाउ पाउँदै गयो भने फर्केर किसानले पनि भाउ राम्रो पाउने स्थिति बन्छ । त्यसले गर्दा यसबाट किसान पनि फाइदामा रहन्छ र उद्योग पनि फाइदामा जान्छ । दुवै फाइदामा जाँदै गर्दा सरकारले पाउने जो राजश्व छ, कर छ त्यो पनि वृद्धि हुन जान्छ ।
यसका फाइदै फाइदा हुँदा पनि उद्योग टिक्नका लागि भने सरकारले सहयोग गर्नैपर्छ । विशेषगरी मेसिनरी सहयोग अत्यन्त जरुरी छ । सरकारले अनुदान दिनुपर्यो वा मेसिन मगाइदिनुपर्यो । सरकारको नीति नै कृषिमा सहयोग भन्ने छ । व्यवहारमा सहयोग हुनु जरुरी छ ।
जस्तो उदाहरणका लागि हामीले लुजमा एक हजार रुपैयाँ केजी बेचिरहेका छौं भने त्यसमा पाँच प्रतिशत कर लगाइयो भने हामीले यही अलैंची भ्यालु एडिसन गरेर १५ सय रुपैयाँ केजी बेच्यौं भने करमा पनि पाँच सय रुपैयाँको पाँच प्रतिशत बढ्न जान्छ । अर्थात् २५ रुपैयाँ बढी राजश्व सरकारलाई आम्दानी हुने भयो । सँगसँगै हिजो हामीले कमोडिटीको रुपमा गर्दा सात अर्बको अलैंची कारोबार गर्दथ्यौं भने अब हामीले भ्यालु एडेड गर्दा त्यही चिज त्यति नै उत्पादन १०–१२ अर्ब हुन जान्छ । त्यसले देशको वैदेशिक मुद्राको संचिती बढाउन सहयोग गर्छ ।
अहिले यही स्थितिमा पनि हामीले भ्यालु एडिसन गरेर जाने हो भने तीनदेखि चार अर्ब बढी रकम नेपाल भित्र्याउन सक्छौं । त्यसले अहिले देशमा भइरहेको व्यापार घाटाको समस्या थोरै भए पनि तीन चार अर्बले घटाउन मद्धत गर्छ । एउटामात्र ठाउँबाट पनि यसरी मद्धतकारी बन्न सक्छ ।
दोस्रो कुरा अहिले जो व्यापार घाटा भनिराखिएको छ आयातमुखी भएकाले मुद्रा संचिती घटिरहेको भन्ने छ । यदि हामीले अलैंचीको यो उत्पादनलाई प्रयोग गर्यौं भने निर्यातमा पनि हामीलाई सरकारले सहयोग गर्यो भने वैदेशिक मुद्रा आर्जन गर्न सक्ने रहेछौं । सँगसँगै नेपालमै फलेको अलैंची नेपालमै बिक्यो भने स्वतः फाइदा भयो । नेपालभित्रै पैसा रह्यो । अर्कातर्फ विदेशबाट आउने अलैंचीको विकल्प रोक्न सकिने भयो ।
अहिले पाँच हजार मेट्रिक टन अलैंची नेपालमा उत्पादन हुँदै आएको छ । त्यसको ९८ प्रतिशत हामी निर्यात गर्छौं । दुई प्रतिशतमात्रै देशभरमा जान्छ । यदि हामीले यो चिजलाई नेपालमै खपत गर्न सक्यौं भने विदेशबाट आयात गरिरहेको सुकमेललाई विस्थापित गर्न सक्छौं । त्यसो गर्दा हामीले हजार रुपैयाँमा हाम्रै अलैंची खान पाइरहेका छौं । त्यसैको अर्कोचिज सुकमेल फेरि अलैंचीका नाममा दुई हजार रुपैयाँ किलो आयात गरिरहेका छौं । यदि हामीले नेपालमा अलैंचीको प्रयोग बढाएर सुकमेललाई निरुत्साहित गर्ने हो भने अर्को १२–१५ अर्बको सुकमेल नेपालमा भित्रन्छ त्यो पनि बन्द हुन्छ । यसरी विभिन्न दृष्टिकोणबाट हेर्दा एउटा उद्योगबाट सरकारलाई १५ देखि २० अर्बको मुद्रा संचिती सँगसँगै व्यापार घाटामा सघाउ पुर्याउँछ ।
आजको दिनमा जसरी हामीले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ विदेशी उत्पादनलाई निरुत्साहित गर्नुपर्छ भनिरहेका छौं यो एकदमै सही समय हो । यदि यसलाई लागू गर्न सक्ने हो भने एउटामात्र उत्पादनबाट देशलाई १५ देखि २० अर्बको फाइदा पुर्याउँछ । अरु कृषिजन्य उत्पादन यसरी नै हामीले गर्दै गयौं भने आजको राष्ट्रिय समस्या केही हदसम्म भए पनि समाधान हुन सक्छ ।
तसर्थ हामीले भ्यालु एडिसन गर्नका लागि सपोर्ट पायौं भने हामीले देशमा राजश्व पनि बढाउन सक्ने भयौं । किसानहरुले पनि सही मूल्य पाउन सक्छन् । आजको भन्दा बढी मूल्य पाउन सक्ने स्थिति रहन्छ । मुद्रा संचितीमा सहयोग रहन्छ । विदेशबाट आयात भइरहेको चिज निरुत्साहित भयो भने हाम्रो मौद्रिक संचिती बढ्दै जान्छ । जसका कारण अहिलेको संकटको केही हदसम्म सम्बोधन हुन्छ । त्यसकारण सरकारले पनि यो उत्पादनलाई प्रोत्साहन गर्नुपर्यो ।
यो स्वास्थ्यको हिसाबले पनि एकदमै राम्रो भएको कारणले गर्दाखेरी अलैंचीको प्रयोग सबै नेपालीले प्रयोग गर्ने बानी बसाउँदा राम्रो हुन्छ । यसले देशलाई पनि फाइदा छ । सबै जनालाई फाइदा छ ।
स्वास्थ्यबारे चर्चा गर्दा यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ । रक्तचापलाई नियमित गर्दछ । छालामा रगत प्रवाहलाई नियमित गर्दछ । भिटामिन सी, एन्टिअक्सिडेन्ट र आवश्यक खनिजको उपस्थितिको कारणले छालालाई चमक दिन्छ । ब्याक्टेरिया संक्रमणबाट प्रतिरक्षित राख्छ । यौन उत्तेजना र ऊर्जामा वृद्धि ल्याउँछ । टाउकोमा पोषण प्रवाहलाई नियमित गरी पर्याप्त चिलाउने समस्याबाट निदान दिलाउँछ । दाँतको स्वास्थ्यमा सकारात्मक प्रभाव ल्याउँछ । दाँत र गम संक्रमणसँग लडेर स्वासलाई निरन्तर ताजा बनाइराख्छ ।
यसका फाइदै फाइदा हुँदा पनि उद्योग टिक्नका लागि भने सरकारले सहयोग गर्नैपर्छ । विशेषगरी मेसिनरी सहयोग अत्यन्त जरुरी छ । सरकारले अनुदान दिनुपर्यो वा मेसिन मगाइदिनुपर्यो । सरकारको नीति नै कृषिमा सहयोग भन्ने छ । व्यवहारमा सहयोग हुनु जरुरी छ । अर्कातर्फ लेभलिङ, प्याकेजिङ र ग्रेडिङमा सहयोग गर्नुपर्यो । त्यस्तै अन्तर्राष्ट्रिय बजार खोज्नका लागि सहयोग गर्नुपर्यो । यसो भयो भने उद्योग टिक्छ । त्यसको प्रत्यक्ष फाइदा हुने किसानलाई नै हो । (लेखक घिमिरे एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज प्रालिका निर्देशक हुन्)