arrow

ला लिगाको उपाधि रियाल मड्रिडलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
real-madrid-la-liga-2022.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलको उपाधि रियाल मड्रिडले जितेको छ । रियालले ३५ औं पटक ला लिगाको उपाधि उचालेको हो । शनिबार राति लिग जित्न एक अंक आवश्यकता रहेको अवस्थामा रियनलले स्पानियोललाई ४–० गोल अन्तरले हरायो । रियालले ४ खेल बाँकी रहँदै १७ अंकको अग्रता बनाएर उपाधि जितेको हो ।

घरेलु मैदानमा रियाललाई जित दिलाउन रोड्रिगोले दुई गोल गरे । यस्तै करिम बेन्जेमा र मार्कुस एसेन्सियोले एक( एक गोल गरे । जितसँगै रियाल ३४ खेलबाट ८१ अंक सहित शीर्ष स्थानमा छ ।  पराजित स्पानियोल ३९ अंक जोडेर १४औं स्थानमा छ ।

रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटी युरोपको शीर्ष पाँच लिग उपाधि जित्ने पहिलो प्रशिक्षक बने । एन्सेलोटीले यस अघि प्रिमियर लिग, इटालियन सिरी ए, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानको उपाधि जितेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ