arrow

आरुबोटेमा जन्ती बोकेर स्कार्पियो खस्दा न्यौपानेको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
accident1.jpg

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–५, आरुबोटेमा सोमबार साँझ जन्ती बोकेको जीप दुर्घटनामा पर्दा लमजुङ घर भई काठमाडौं महानगरपालिका– १६ बस्ने ५१ वर्षका पदम न्यौपानेको निधन भएको छ । 

दुर्घटनामा परी ज्यान गुमाएका तीनमध्ये एक न्यौपाने रहेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । यसअघि प्रहरीले दिएको सूचनामा त्रुटिबस कमलराज दानीको नाम पर्न गएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले सच्चाइएको जनाएको छ । 

चितवनबाट जन्ती बोकेर गोरखा आएको बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप फर्कने क्रममा फिरफिरे भिरबाट झण्डै २०० मिटर तल खसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ