arrow

हुप्सेकोटमा गाउँपालिकाकी उम्मेदवारमाथि आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
nawal-pur-congess.jpg

नवलपुर । स्थानीय तह निर्वाचनका लागि हुप्सेकोट गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष उम्मेदवार बनेकी लक्ष्मी पाण्डेले आफूमाथि आक्रमण भएको बताएकी छन् । पाण्डेका अनुसार मङ्गलवार राति ८ बजे चुनावी अभियानबाट फर्किँदै गर्दा पाण्डेको टोलीलाई हुप्सेकोटको झयालबासमा आक्रमण भएको थियो।

उनले आफूमाथि गौँडो कुरेर एमालेका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएकी छन् । एमालेबाट यसअघि निर्वाचित जनप्रतिनिधि सहितका स्थानीय नेता तथा कार्यकर्तालाई उनले आक्रमणको आरोप लगाएकी छन्।

हुप्सेकोट काँग्रेसबाट गाउँपालिकामा अध्यक्षकी उम्मेदवार लक्ष्मी पाण्डे सहितको टोलीलाई आक्रमण गरेको हो। पाण्डेका अनुसार एमालेको झन्डा बोकेर प्रचारमा आएको टोलीले नियोजित रूपमा आक्रमण गरे पाण्डेले भनिन कार्यकर्ताको घरमा ज्यान जोगाउन छिर्दा पनि घर घेरेर आक्रमण गरे ।

उनीहरूले पिछा गरेको थाहा पाएपछि राति स्थानीय बिरु कुमालको घरमा छिरेको तर सोही स्थानमा पुगेर उनीहरूले आक्रमण गरेको पाण्डेको भनाइ छ। आक्रमणबाट पाण्डे चढेको गाडीमा पनि क्षति पुगेको छ।

पाण्डेको छाती र खुट्टामा चोड लागेको छ। उनको कावासोतीस्थित काली गण्डकी अस्पतालमा अहिले उपचार भइरहेको छ। पाण्डे यसअघि पनि सोही गाउँपालिकाको अध्यक्षमा निर्वाचन जनप्रतिनिधि हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ