arrow

हुप्सेकोटमा कांग्रेसकी उम्मेदवारमाथि एमाले कार्यकर्ताले घर घेरेर गरे आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
hupsekot-kaximi.PNG

नवलपुर । स्थानीय तह निर्वाचनका लागि हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष उम्मेदवार बनेकी लक्ष्मी पाण्डेले आफूमाथि आक्रमण भएको बताएकी छन् । पाण्डेका अनुसार मङ्गलवार राति ८ बजे चुनावी अभियानबाट फर्किँदै गर्दा पाण्डेको टोलीलाई हुप्सेकोटको झयालबासमा आक्रमण भएको थियो ।

उनले आफूमाथि गौंडो कुरेर एमालेका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएकी छन् । एमालेबाट यसअघि निर्वाचित जनप्रतिनिधिसहितका स्थानीय नेता तथा कार्यकर्तालाई उनले आक्रमणको आरोप लगाएकी छन् ।

हुप्सेकोट कांग्रेसबाट गाउँपालिकामा अध्यक्षकी उम्मेदवार लक्ष्मी पाण्डे सहितको टोलीलाई आक्रमण गरेको हो । पाण्डेका अनुसार एमालेको झण्डा बोकेर प्रचारमा आएको टोलीले नियोजित रूपमा आक्रमण गरे पाण्डेले भनिन कार्यकर्ताको घरमा ज्यान जोगाउन छिर्दा पनि घर घेरेर आक्रमण गरे ।

उनीहरूले पिछा गरेको थाहा पाएपछि राति स्थानीय बिरु कुमालको घरमा छिरेको तर सोही स्थानमा पुगेर उनीहरूले आक्रमण गरेको पाण्डेको भनाइ छ । आक्रमणबाट पाण्डे चढेको गाडीमा पनि क्षति पुगेको छ ।

पाण्डेको छाती र खुट्टामा चोट लागेको छ । उनको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा अहिले उपचार भइरहेको छ । पाण्डे यसअघि पनि सोही गाउँपालिकाको अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ