arrow

सुन्दरहरैँचाको चुनावी अङ्कगणित, को बन्ला मेयर ?

logo
विवेक मिश्र,
प्रकाशित २०७९ वैशाख २१ बुधबार
sundarharucha-moranga.jpg

मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला सुन्दरहरैँचा नगरपालिकाका कांग्रेसतर्फका मेयर पदका उम्मेदवार शिवप्रसाद ढकालको मत माग्न ढकालसँगै व्यस्त छन् । डा कोइरालाको गृह जिल्लासमेत रहेको मोरङमा उनी विभिन्न स्थानीय तहका उम्मेदवारहरू सँगै भेटिन्छन् । 

कोइराला मात्र हैन एमालेमा पनि शीर्ष नेताहरू आफ्नो पार्टीको चुनावी प्रचारमा व्यस्त छन् । एमालेका पूर्व केन्द्रीय नेता तथा पूर्व मन्त्री भानुभक्त ढकाल, लालबाबु पण्डित पनि स्थानीय उम्मेदवारहरुसंगै भोट माग्दै गाउँगाउँमा छन् । 

गत संसदीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट भानुभक्त ढकाल निर्वाचित भएका थिए भने सँगै जोडिएको ६ नम्बर क्षेत्रमा लालबाबु पण्डितसँग शेखर कोइराला पराजित भएका थिए । दुवै निर्वाचन क्षेत्रमा पर्ने सुन्दरहरैँचा नगरपालिका कम्युनिष्टको गढ मानिन्थ्यो तर गत स्थानीय निकायको निर्वाचनमा कांग्रेसका शिवप्रसाद ढकाल ९६८ मतान्तरले विजयी भएका थिए । 

गत निर्वाचनसँगै मैदानमा भिडेका शिवप्रसाद ढकाल र केदारप्रसाद गरागाँई यो पटक पनि मैदानमा उत्रिएका छन् । गुरागाईँ नेकपा एमालेबाट उम्मेदवार हुन् । एमालेको फुटलाई कांग्रेसले अवसरको रूपमा लिएको छ । एमालेबाट फुटेर एकीकृत समाजवादीको सुन्दरहरैँचामा राम्रो प्रभाव भएको नगरपालिकाको रूपमा मानिन्छ । त्यसैले पनि यो पटक सुन्दरहरैँचामा एमाले अझ कमजोर आङ्कलन गरिएको छ भने कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएकोले थप मजबुत देखिएको छ । 

गठबन्धनतर्फ उपमेयर पदमा उम्मेदवार माओवादीका नवराज चापागाईँ रहेका छन् भने एमालेबाट उपमेयर पदमा उम्मेदवार अकली चौधरी रहेकी छन् । मङ्गलवार सुन्दरहरैँचाको ३ नम्बर वार्डको घरदैलो कार्यक्रममा कोइराला र ढकालले संयुक्त रूपमा मत मागेका हुन् । १४ औ महाधिवेशनदेखि चिसिएको सम्बन्ध अब एक भएको र कांग्रेस कांग्रेस बिचको एकता अझ मजबुत बनाउन चुनावी घरदैलो अभियानमा उपस्थित भएको कोइरालाले बताए ।

कोइरालाले भने ,“ कांग्रेस एक छ, हामी शिव ढकाललाई फेरि पनि यो नगरमा जिताउँछौं । कांग्रेस बिथोलिएको, भड्किएको छ भनेर कसैले नसम्झे हुन्छ, हामी एक छौं”, कोइरालाले भने । कोइरालाले कांग्रेसको तर्फबाट उम्मेदवार रहेका सबै उम्मेदवारहरूलाई विजय गराउन सबै लाग्नु पर्ने बताए । 

त्यसैगरी भानुभक्त ढकालले एमालेको घरदैलो कार्यक्रममा भानुभक्त ढकालले गठबन्धनलाई क्लीन स्वीप गरेर जाने बताएका छन् । गठबन्धन दल र नेकपा एमाले चुनावी मैदानमा आक्रामक चुनाव प्रचारमा उत्रिए पनि कसले बाजी मार्ला आङ्कलन गर्न सजिलो छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ