मोरङ । मोरङ बेलबारीका राप्रपा उम्मेदवार खेम गौतमको गाडीमा आगजनी भएको छ । शुक्रबार बिहान २ बजे पार्कमा राखिएको गाडीमा आगजनी भएको हो ।
गौतमको १२ बा च ९३८४ नम्बरको निजी गाडीमा सुन्दरहरैचाका सुवास पाण्डेले आगजनी गरेको प्रहरीले जनाएको छ । पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।