arrow

ओलीले प्रचण्ड र आरजूलाई कटाक्ष गर्दै भने –बजेट तिनको घरको सम्पत्ति हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
kp-oli-2079-01-25.jpg

चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताएका छन् । चितवनमा आइतबार आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले बजेट कसैको घरको सम्पत्ति नभएको बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणा देउवाले आफ्नो उम्मेदवार नजित्ने क्षेत्रमा बजेट नदिने बताएका थिए । 

उक्त कुराप्रति कटाक्ष गर्दै ओलीले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताएका हुन् । ‘बजेट दिन्न भन्ने कुरा तपाईंहरूले सुन्नु भएकै छ । के बजेट तिनको घरको सम्पत्ति हो ? तिनको गोजीको पैसा हो ? उनीहरूले दिन्न भनेर हुन्छ ?,’ ओलीले प्रश्न गरे । 

अबको चुनावमा गठबन्धनलाई पराजित गराएर नेकपा एमालेलाई विजयी गराउन सबैमा अनुरोध गरे । अबको सरकार नेकपा एमालेको भएको भन्दै एमालेको सरकार बनेपछि सबै ठाउँमा विकास हुने बताए । 

ओलीले कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताएका छन् । उनले कांग्रेसका कार्यकर्ताप्रति सहानुभूति प्रकट गरे ।

जिन्दगीभर कांग्रेस भनेर हिंडेका कार्यकर्ताहरुको मन रोएको भन्दै उनले देश बनाउने अभियानमा लागेको एमालेमा आउन आग्रह गरे । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धम्काएर जनतासँग भोट मागेको भन्दै ओलीले प्रचण्डको छोरीलाई भोट नदिएर कुनै दुर्घटना नहुने गठबन्धन मात्र हार्ने बताए ।

प्रचण्डको धम्काउने बानी अझै नगएको उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ