arrow

आरजूलाई आयोगले सोध्यो स्पष्टीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
Aarju_rana.jpg

काठमाडौं  । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजू राणा देउवालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

धनगढीको एक कार्यक्रममा डा. देउवाले आफ्नो उम्मेदवार नजित्ने क्षेत्रमा बजेट नदिने बताएकी थिइन्  । आयोगले मतदातालाई आर्थिक प्रलोभन देखाउने अभिव्यक्ति दिएको भन्दै डा. देउवालाई स्पष्टीकरण सोधेको हो । 

कांग्रेस (बीपी)ले देउवाविरुद्ध आयोगमा उजुरी दर्ता गराएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला लगायतका स्थानमा कांग्रेसका असन्तुष्ट पक्षले बीपीसँग तालमेल गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ