arrow

एकाएक एलन मस्कले भने- ट्वीटर किन्ने सम्झौता रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
elonmusktwitter.PNG

काठमाडौं । ट्वीटरले सोमबारको फाइलिङमा फेक र स्पाम अकाउन्ट दैनिक सक्रिय प्रयोगकर्ताहरूको ५ प्रतिशत भन्दा कम रहेको कुरा उल्लेख गरेको छ । यससँगै ट्वीटर किन्न सम्झौता गरेका एलन मस्कले अस्थायी रुपमा ट्वीटर किन्ने सम्झौता रोकिएको बताएका छन् ।

सोसल मिडिया कम्पनीको पहिलो त्रैमासिकको तथ्यांक अनुसार विज्ञापन देखाउनका लागि २२ करोड ९० लाख प्रयोगकर्ताहरू थिए ।

४४ अर्ब डलरमा ट्विटर किन्ने सम्झौता गरेका टेस्लाका मालिक एलन मस्कले प्लेटफर्मबाट स्प्याम बटहरू हटाउने प्रमुख प्राथमिकता हो भनेको अर्काे दिन यस्तो तथ्यांक सार्वजनिक भएको हो ।

टेस्लाका प्रमुख मस्कले शुक्रबार आफ्नो ४४ अर्ब डलरको ट्वीटर सम्झौता स्प्याम र नक्कली अकाउन्टको बाँकी विवरणका कारण अस्थायी रूपमा रोकिएको बताएका हुन्। 

एक ट्विट गर्दै मस्कले भनेका छन्,'स्प्यामरनक्कली खाताहरू वास्तवमा ५ प्रतिशत भन्दा कम छन् भन्ने गणनालाई समर्थन गर्ने पेन्डिङ विवरणहरूका कारण ट्वीटर किन्ने सम्झौता अस्थायी रूपमा होल्डमा रहेको छ।'

ट्वीटरले फाइलिङमा मस्कसँगको सम्झौता नसकिएसम्म विज्ञापनदाताहरूले ट्वीटरमा खर्च गर्छन् कि गर्दैनन्, भावी योजना र रणनीतिलगायतका सम्भावित अनिश्चितताले कम्पनीलाई जोखिममा राखेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ