लुम्बिनीका लागि भारतबाट मोदीकाे प्रस्थान, स्वागत गर्न सबै तयारी पूरा
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
1k
Shares
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीका लागि भारतबाट प्रस्थान गरेका छन् । भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले मोदीले त्यहाँबाट प्रस्थान गरेको जानकारी दिएका हुन् ।
On the auspicious occasion of 2566th Buddha Jayanti, PM @narendramodi embarks on a journey to Lumbini, the birth place of Lord Buddha. pic.twitter.com/l6lNRzhEsQ
२ हजार ५ सय ६६ औँ बुद्धजयन्तीको पावन अवसरमा मोदी बुद्धको जन्मस्थल लुम्बिनी आउन लागेका हुन् । त्यहाँ उनले प्रधानमन्त्री देउवासँग भेट्ने एवं पूजामा सहभागी हुने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयले मोदीको स्वागतका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ ।