arrow

जहाँ बहुदलपछि पहिलो पटक कांग्रेसले जित्यो, भत्कियो एमालेको किल्ला 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
dilip-godak.jpg

इलाम । पूर्व एमाले नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलामको गोदकमा बहुदलपछि पहिलो पटक नेपाली कांग्रेसले जितेको छ । नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका दिलीप प्रधान 'ओमनाथ'ले सो क्षेत्रमा जितेका हुन् । 

विगतमा सो स्थानमा एमालेले जित्दै आएको थियो । ३१ वर्षदेखि सो स्थानमा एमालेले एकछत्र राज गरेको थियो । दिलीपको जितसँगै एमालेको किल्ला भत्किएको छ ।

उनले नेकपा एमालेका उम्मेदवार रोम लुङ्गेलीलाई ३६० मतले पछि पर्दै गोदकको वडाध्यक्ष बनेका छन् । दिलीपले एक हजार ४ सय ८  मत प्राप्त गरेका छन् भने लुङ्गीलेले एक हजार ४८ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा दिलीपसहित गोदकमा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । 

'२०४८ को बहुदलपछि कांग्रेसले जितेको थिएन ।' यो ऐतिहासिक घटना भएको कांग्रेसकै एक स्थानीय नेता बताउँछन् ।

स्थानीय तह निर्वाचन २०७४ मा पनि एमालेबाट रोम लुङ्गेली नै वडाध्यक्ष बनेका थिए । उनले नेपाली कांग्रेसका उम्मेदवार रिखीलाल गौतमलाई २४० मतान्तरले जितेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीको विभाजन र एमाले भित्रको कचिल्लोका कारण झलनाथ खनाल हाल नेकपा एकीकृत समाजवादीमा छन् । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको क्षेत्र रहेको गोदकमा समाजवादीले कांग्रेससँग तालमेल गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ