arrow

बाँकेको डुडुवा अध्यक्षमा कांग्रेसका चौधरी र उपाध्यक्षमा बानो निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
daduwa.JPG

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ ।

अध्यक्षमा नरेन्द्र कुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो निर्वाचित भएका छन् । दुवै जना पालिकामा दोहोरिएका हुन् । चौधरी ६२७२ मतका साथ निर्वाचित हुँदा बानोले ५८८४ मत पाएकी पाएकी छिन् ।

चौधरीका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका भण्डारीलाल यादवले ५१२५ मत र बानोका निकटतम प्रतिस्पर्धी जसपाकै तरुन्नुम बानोले ४७५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत फटिकराज मुडभरीले जानकारी दिए । 

बाँकेमा कांग्रेसले डुडुवा गाउँपालिका भन्दा पहिले राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गरेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ