arrow

इलामको देउमाईमा दोहोरिए एमालेका प्रमुख -उपप्रमुख

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
deumai3.jpg

इलाम । इलामको देउमाई नगरपालिकाको प्रमुखमा र उपप्रमुख पदमा नै नेकपा (एमाले)का उम्मेदवार दोहोरिएका छन् ।  नगर प्रमुखमा सूर्यप्रसाद पोखरेल र उपप्रमुखमा पविमाया राई पुनः निर्वाचित भएका हुन् । 

प्रमुख पदमा एमालेका उम्मेदवार पोखरेल आठ हजार ६९५ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार होम दुलालले सात हजार ६२२ मत प्राप्त गरे । 

उपप्रमुख पदमा एमालेकी उम्मेदवार पविमाया राई आठ हजार ५६३ मत पाउँदै निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का राम राईले पाँच हजार ७६५ मत पाए। 

एमालेबाट विजयी उम्मेदवार पोखरेल र राई दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनीहरू यसअघि २०७४ को स्थानीय निर्वाचनमा समेत विजयी भएका थिए । 

सो स्थानमा एक जना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद भएको थियो । गठबन्धनका उम्मेदवारलाई एउटै कोलममा दुई वटा स्वस्तिक छाप राखिएका मतपत्र पाइएपछि बदर गर्ने रणनीति अनुसार चलखेलमा गरिएको भन्दै गठबन्धनले पुनः मतदान गर्नुपर्ने माग गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ