arrow
ADVERTISEMENT

माल्दिभ्समा यामिन र अदिबबीचको शक्ति संघर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
Abdulla Yameen-amldives.jpeg

काठमाडौं । माल्दिभ्सका युवाहरूले पूर्व राष्ट्रपति अब्दुल्ला यामिनको देशमा घृणा र डर पैदा गर्ने जातिवादी एजेन्डामाथि चिन्ता व्यक्त गर्दै भ्रष्टाचार काण्डमा समेत संलग्न भएको भन्दै उनलाई पुनः गिरफ्तार गर्न आह्वान गरिरहेका छन्।

यामिन सधैँ अनेकौँ रहस्य बोकेका व्यक्तिका रूपमा रहिआएका छन् । खास गरी माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदिब र यामिन बीचको शक्ति सङ्घर्षबाट उनको रहस्यको कथा शुरू भएको थियो ।

यामिन अदिबबाट धेरै प्रभावित थिए । सन् २०१३ मा राष्ट्रपतिको चुनाव जित्दा उनले अदिबलाई पर्यटन मन्त्री बनाएका थिए ।

यामिनको आफ्नै प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का सदस्यहरूसमेत उनको निर्णयबाट निराश भए पनि यामिनको अगाडि प्रश्न गर्ने आँट कसैले गर्न सकेनन् ।

तर यामिन र उनकी श्रीमती साउदी अरेबियाको भ्रमण सकेर घर फर्किँदै गर्दा भएको विस्फोटपछि स्थिति बिग्रिन थाल्यो ।

सो विस्फोटमा पूर्व राष्ट्रपति सकुशल रहे पनि उनकी श्रीमती फातिमाथलाई सामान्य चोट लागेको थियो । 

शुरुमा अधिकारीहरूले विष्फोटलाई मेकानिकल कारणले भएको भने पनि पछि यामिनको हत्या प्रयास भनेर बयान परिवर्तन गर्दै आपराधिक अनुसन्धान शुरु गरिएको थियो ।

विस्तारै बम विष्फोट पछाडि अदिबको हात रहेको हल्ला चल्न थाल्यो । माल्दिभ्सको संविधानअनुसार राष्ट्रपतिको मृत्यु भएमा, अशक्त भए वा राजीनामा दिएमा उपराष्ट्रपति उनको उत्तराधिकारी बन्छन् ।

अदिबको हात रहेको हल्ला चलेपछि चीनको औपचारिक भ्रमणबाट फर्किने क्रममा उनी विमानस्थलबाट पक्राउ परेका थिए। 

श्रीलङ्का र साउदी अरेबियाले राष्ट्रपतिको हत्या गर्ने उद्देश्यले बम राखिएको पुष्टि गरे पनि अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरो (एफबीआई) ले डुङ्गामा भएको बिष्फोटलाई बमसँग जोड्ने कुनै ठोस प्रमाण नभएको बताएको छ।

यामिनले अदिबको पक्षका रक्षामन्त्री र प्रहरी आयुक्तलाई बर्खास्त गर्दै अदीबको समर्थन प्रणाली कमजोर पारे । यस्तै अदिबको निष्पक्ष सुनुवाइको अधिकार पनि खोसियो । उनलाई सन् २०१४ मा भएको माल्दिभ्सको इतिहासको सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड एमएमपीआरसी बलिको बोका पनि बनाइएको थियो।

पर्यटन प्रवर्द्धन कम्पनीबाट करिब ८ करोड अमेरिकी डलरको घोटाला माल्दिभ्सको इतिहासमा अभूतपूर्व मात्राको भ्रष्टाचार काण्ड थियो।

यामिनले अदिबमाथि भ्रष्टाचारको आरोप लगाएका थिए । भूतपूर्व महालेखा परीक्षकले लेखा परीक्षण प्रतिवेदनमा भ्रष्टाचार भएको भन्दै आफूले राष्ट्रपतिलाई सचेत गराए पनि उनले यो विषयलाई सम्बोधन गर्न नमानेको बताएका छन्।

बम हमला यामिनले अदिबलाई जेलमा फसाउनको लागि आफैँले जानीजानी राम्रोसँग योजना बनाएको ठानिएको छ । अदिबलाई जेल हाल्दा सबैभन्दा बढी फाइदा हुने व्यक्ति यामिन हुने रिपोर्टमा उल्लेख छ ।

मोहम्मद नसिदले मौमुन अब्दुल गयूमलाई ३० वर्षको निरङ्कुश शासनबाट हटाएको सन् २००८ को पहिलो बहुदलीय लोकतान्त्रिक राष्ट्रपतीय निर्वाचनबाट राष्ट्र अझै उथलपुथल र पुनः प्राप्ति भइरहेको बेला अदिब अर्थशास्त्रका कुराकानीमा उदाउन थालेका थिए ।

यामिनको सत्ताको भोक यति ठूलो थियो कि उनले अदिबको समर्थन प्रणालीलाई असक्षम पार्न उनका समर्थकहरूलाई जेल हाल्न थाले । कतिपय यामिनको डरका कारण आफैँ पनि देशबाट बाहिर निक्लिन थालेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ