arrow

पुलबाट महाकालीमा हाम फालेका लुहारको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
khalanga-pul.JPG

दार्चुला । नेपाल-भारत जोड्ने खलंगा झोलुङ्गे पुलबाट एक जनाले हाम फालेका छन् । महाकाली नगरपालिका–२ पन्डोराका २४ वर्षीय विकास लुहारले पुलको बीच भागबाट हाम फालेको प्रहरीले जनाएको छ । 

बिहीबार मध्यान्हतिर लुहारले महाकाली नदीमा हाम फालेको तथा पुलको लठ्ठामा अड्किन पुग्दा निजको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । 

हाम फालेका लुहारको नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको हो । उनको मानसिक अवस्था बिग्रेको बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ