arrow

महाकालीमा बनेका दुई पुल सञ्चालनमा ल्याउने तयारी

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७९ जेठ ८ आइतबार
mahakali-bridge.PNG

दार्चुला । तुइन विस्थापन गर्न महाकाली नदीमा निर्माण गरिएका झोलुङ्गे पुल सञ्चालनमा ल्याउन तयारी थालिएको छ । व्याँस गाउँपालिका-६ बडूगाउँ र मालिकार्जुन गाउँपालिका-६ बाँकुमा निर्माण सम्पन्न पुल सञ्चालनमा आउन लागेका हुन् । 

नागरिकको सहजताका लागि निर्माण सम्पन्न ती पुलहरू दुबै देशको समन्वयमा केही दिनभित्रै सञ्चालनमा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । नेपालको तर्फबाट सीमा पुल सञ्चालनमा ल्याउन निर्णय नै भइसकेको उनले बताए । 

महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने भनेर स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रीज डिभिजनले चार स्थानमा झोलुङ्गे पुल निर्माणको ठेक्का पाएको थियो । जसअन्तर्गत व्याँस-६ बडूगाउँस्थित महाकाली नदीमा गत फागुनमै झोलुङ्गे पुल निर्माण भएको थियो ।

 त्यस्तै व्याँस-४ मडगाउँमा पनि नेपाल-भारत जोड्ने झोलुङ्गे पुल माघ तेस्रो साता निर्माण सम्पन्न भइसकेको छ । तर अन्य भौतिक संरचना निर्माण कार्य भइरहेको छ । यस्तै व्याँस गाउँपालिका-२ मालमा पुल निर्माणाधीन छ । 

निर्माण सम्पन्न पुलहरू सञ्चालनमा नआउँदा स्थानीयहरू लुकिछिपी अवैध तुइनको सहारामा वारपार गर्न बाध्य छन् । एकै प्याकेजमा सम्पन्न २ वटा पुल सञ्चालनको तयारीमा रहेको बताइएको छ । पुल सञ्चालनका लागि भारतसँग समन्वय भइरहेको प्रजिअ उपाध्यायले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ