arrow

माओवादी छाडेर एमालेमा गएका बगडिया पुन: रंगेलीको मेयरमा निर्वाचित

logo
विवेक मिश्र,
प्रकाशित २०७९ जेठ ९ सोमबार
dilip-bagadiya.PNG

मोरङ । मोरङको रंगेली नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार दिलीप बगडिया निर्वाचित भएका छन् ।

बगडिया १२ हजार ६८१ मत प्राप्त गरि दोस्रो कार्यकालको लागि मेयरमा निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोदराज घिमिरेले ९०६१ मत प्राप्त गरे ।

यसै गरी उपमेयरमा पनि एमालेकै ११ हजार ७९० मत प्राप्त गरि विजयी भएकी छन् । 

उनका निकटतम प्रतिस्पर्धी जसपाका पन्नालाल मण्डलले ५ हजार १७५ मत प्राप्त गरे ।

रंगेलीको मेयरमा निर्वाचित बगडिया अघिल्लो कार्यकालमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । 

उनी मेयर छँदै नेकपा एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ