arrow

काठमाडौं मै ९ नम्बर वडालाई नमूना बनाउँछु : नवनिर्वाचित वडाध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
ramji-bhandari.PNG

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ९ का नवनिर्वाचित वडाध्यक्ष रामजी भण्डारीले वडा नम्बर ९ लाई नमूना बडा बनाउने बताएका छन् । हाम्रा कुरासँग कुरा गर्दै भण्डारीले कमपाको ३२ वडा मै ९ नम्बरलाई नमूना बनाउने बताए ।  वडाध्यक्षमा निर्वाचित भण्डारी जनताको गुनासो सुनेर तत्काल हल गर्न तत्पर रहने समाजसेवीका रूपले परिचित छन् ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामकृष्ण जयखु श्रेष्ठलाई ४९२ मतले पछि पार्दै वडा नम्बर ९ का वडाध्यक्ष बनेका हुन् । वडाध्यक्ष भण्डारीले दुई हजार ७९० मत प्राप्त गरेका थिए भने उनको प्रतिस्पर्धी एमालेका श्रेष्ठले दुई हजार २९८ मत प्राप्त गरेका छन्। 

उनको जितसँगै वडावासी पनि खुसी छन् । गौशाला देखी सिनामंगल उनको क्षेत्र हो । वडा नम्बर ९ का जनताको समस्याहरू उनले सुनेर काम गर्ने गरेका छन् । भण्डारीले टोल टोलमा पुगेर जताका समस्याहरू सोधेर हल खोज्ने गरेका छन् । उनी मानिसको आधारभूत र दैनिक कार्यक्रमको सिफारिस घरघरमा गएर गर्ने पनि बताउँछन् तर यो कामका लागि भने समय लग्न सक्ने उनी सुनाउँछन् । उनी भन्छन् ,'वडावासीको समस्या सुन्न घरघरमा पुग्नेछु ।' 

उनी कामपाका मेयरसँग मिलेर काम गर्न चाहन्छन् । मानिसलाई दुख पनि नदिने उनको नीति छ । उनी भन्छन् ,' बोर्डमा बसेर मेयरसँग सल्लाह गर्नुपर्छ । सुस्त दुरुस्त लेनदेन रहित वडा बनाउने हो । मेरो भिजन मेयरसँग मिल्ने हो । मानिसलाई दुख पनि नदिने, भ्रष्टाचार मुक्त पनि बनाउने हो । मेयरकामा जाने, चुप लाग्ने, बेलुका पार्टीमा जाने, पिउने गरे के महत्त्व भयो र ? जसले पनि गरिरहेकै हो नि । म नौलो काम गर्छु ।' 

भण्डारीको नेविसंघमा २०४३ देखी सक्रिय सहभागिता रहेको थियो । उनी २०४६ सालमा काठमाडौंको टुकुचा बारिबाट युवा समूहको नेतृत्व गरी प्रजातन्त्र पुनर्स्थापना पछि स्थानीय निर्वाचनमा काठमाडौं ९ वडाको सदस्य निर्वाचित भएका थिए ।  दोस्रो स्थानीय निर्वाचनमा पनि अत्यधिक मतले वडा सदस्यमा विजय भएका उनी पार्टीको जिल्ला स्तरीय हैसियत कायम राख्ने लोकप्रिय नेता मानिन्छन् ।

उनी वडा नम्बर ९ लाई नमुना वडा बनाउने बताउँछन् । उनी भन्छन्, 'कामपाको ३२ वडा मध्ये ९ नम्बर वडालाई नमुना वडा बनाउँछु । म काम गर्ने गएको हुँ । त्यहाँ सेवा गर्न गएको हुँ । शोख पुरा गर्न गएको हैन ।' 

सो वडाको सदस्यमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) का महिला सदस्यतर्फ सिर्जना भेटवाल २ हजार ३ सय ८६० , दलित महिला सदस्यमा रचना सुनाम २ हजार ४ सय १२ निर्वाचित भएका छन् । त्यसै गरी सदस्यमा श्रीराम राई २ हजार ४ सय ५५ र टेकराज अधिकारी २ हजार ४ सय ४७ निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ