काठमाडौँ। सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने भएको छ। कृषिलाई व्यवसायीकरण, यान्त्रिकीकरण, जलवायु अनुकूलन खेती प्रणालीको विकाससँगै प्रविधिको प्रवर्द्धन गर्ने गरीको कृषि नीति सरकारले बनाउने भएको हो।
आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिमा आधारित रोजगारी सिर्जना गर्दै आर्थिक वृद्धिदर उकास्न नयाँ राष्ट्रिय कृषि नीति आवश्यक भएकोमा जोड दिइन्।
उनले हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जन कार्यक्रमलाई मानव विकास सुचाङ्क कम भएका जिल्लामा विस्तार गर्ने नीति पनि सरकारले लिने उल्लेख गरिएकी छिन्।
पर्यटन, उद्योग, वन वातावरणसँगै भू–उपयोग नीति तयार गर्दा कृषि तथा वन क्षेत्रबाट हुने उत्पादन र उत्पादकत्व वृद्धि हुने गरी सामञ्जस्यता कायम गरिने पनि बताएकी छिन्। यस्तै, अर्ग्यानिक खेती प्रणालीलाई प्रोत्साहन गरिने उनको भनाइ छ।