arrow

सरकारले पारमाणविक स्रोतको खोज र अनुसन्धान गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
biddhya-budget-2079.PNG

काठामाडौं । सरकारले पारमाणविक स्रोतको खोज एवं अनुसन्धान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पारमाणविक स्रोत तथा प्रविधि खोज अध्ययन एवं अनुसन्धानलाई सहज बनाउन रेडियोधर्मी पदार्थ र विकिरण सुरक्षा नियमनको व्यवस्था मिलाइने बताएकी हुन् ।

यस्तै उनले विज्ञान तथा प्रविधिलाई विकासका सबै आयामहरूमा आबद्ध गर्दै लैजाने नीति लिइने बताएकी छन् । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले विज्ञान तथा प्रविधिलाई शिक्षा प्रणालीको अभिन्न अङ्गको रूपमा विकास गरिने बताएकी छन् । विज्ञान तथा प्रविधिका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउनेलाई सम्मान गरिने एवं वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म प्रवर्द्धन गरिने उनले बताएकी छन् ।

यस्तै सरकारले सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने बताएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्युतीय प्रणालीबाट सञ्चालन भई व्यावसायिक कारोबार गर्ने सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने बताएकी हुन् ।

यस्तै उनले साइबर सुरक्षा प्रणाली लागु गर्दै डिजिटल साक्षरता कार्यक्रम अघि बढाइने समेत बताएकी छन् । नीति तथा कार्यक्रम अनुसार ग्रामीण दूरसञ्चार प्रविधि कोषको उपप्रयोग गरी आगामी आर्थिक वर्षदेखि देशभरका माध्यमिक तहका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा जडित इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराइने भएको छ ।

यस्तै नेपालको आफ्नै स्याटलाइट स्थापना गर्ने प्रक्रिया अघि बढाइने राष्ट्रपति भण्डारीले बताएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ