arrow

बेलबारी नगरपालिकाले चुनावको मुखमा वितरण गरेको सफारीको भुक्तानी नपाएपछि कम्पनीले लग्यो फिर्ता 

logo
विवेक मिश्र,
प्रकाशित २०७९ जेठ १० मंगलबार
auto-riksha.PNG

मोरङ । बेलबारी नगरपालिकाका जनप्रतिनिधिले शपथ ग्रहण गरेको भोलिपल्टै नगरपालिकाले चुनावको मुखमा वितरण गरेको इ रिक्सा (सफारी) भुक्तानी नपाएपछि कम्पनीले फिर्ता लगेको छ । 

मोरङको बेलबारी ७ कि पवित्रा देवी खतिवडा र बेलबारी ११ का सुवास तामाङलाई वैशाख ११ गते नगरपालिकाले उक्त सफारी प्रदान गरेको थियो । 

चुनावको मुखमा वितरण गरेको उक्त सफारी चुनाव सकिने बित्तिकै फिर्ता जानुले नगरपालिका प्रति स्थानीय आक्रोशित भएका छन् । 

ग्रिन इनर्जी ट्रेड लिङ्क इटहरीको बिलका के.वि. इ रिक्सा शर्वीस सेन्टर बेलबारी बाट खरिद गरिएको हुलास कम्पनीको ती सफारी दुई लाख सत्तरी हजार मूल्य बराबरका रहेको के.वि इ रिक्सा शर्वीस सेन्टरका सञ्चालक रमेश श्रेष्ठले बताए । 

दुई लाख सत्तरी हजार मध्ये सत्तरी हजार ती सफारी प्रयोगकर्ता आफैँले नगरपालिकालाई बुझाएको सफारी चालक सुवास तामाङकी श्रीमती सन्तोषी तामाङ बताउँछिन् । 

नगरपालिकामा भुक्तानी लिन जाँदा नगरपालिकाको बजेटमा यस प्रकारको शीर्षकमा नरहेको भनेपछि आफुले मङ्गलवार ती दुई सफारी फिर्ता ल्याएको रमेश श्रेष्ठ बताउँछन् । 

बेलबारीमा उक्त सफारी वितरण गर्दा ज्ञानेन्द्र सुवेदी मेयर रहेका थिए भने हाल एमालेबाट निर्वाचित दिल प्रसाद राई मेयर रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ