arrow

शिखरमा वालेन्द्र, फेदमा स्थापित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
walendra-keshav-srijana.jpg

काठमाडौं । कामपाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ५६ हजार १७८ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । 

काठमाडौं महानगरपालिकाको मत परिणाम अनुसार उनी शिखरमा छन् । अब वालेन्द्र कामपाको मेयर बन्ने पक्का भइसकेको छ ।

नेकपा (एमाले)का उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा रहेका छन् । उम्मेदवार स्थापितले ३४ हजार ८५४ मत ल्याएका छन् ।

स्थानीय तह निर्वाचन ७९ मा जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३५ हजार ४७८ मत प्राप्त गरेकी छन् । उनी दोस्रो स्थानमा छिन् । 

साथै उपप्रमुखमा एमाले उम्मेदवार सुनिता डङ्गोल ६१ हजार ३१८ मत ल्याएर अग्रस्थानमा छन् । उनी उपमेयर बन्ने पक्का छ । 

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले २० हजार ९०६ मत पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ