arrow

विराटनगरको कार्यपालिकाको निर्वाचन २१ गते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
election-commission-nepal.jpg

मोरङ । मोरङ जिल्ला मुख्य निर्वाचन अधिकृत कार्यालयले विराटनगर महानगरपालिकाको कार्यपालिका कार्यपालिका सदस्यहरूको निर्वाचन यही जेठ २१ गते बिहान १० देखि २ बजेसम्म हुने जनाएको छ । 

रेडक्रस भवनमा हुने निर्वाचनबाट महानगरपालिकाका प्रमुख, उपप्रमुख, १९ वडा अध्यक्ष, महिला, दलित र खुल्ला सदस्य गरी ९७ जना मतदाता रहेका छन् ।
    
कार्यपालिकाको पाँचजना महिला सदस्यहरूका लागि निर्वाचित जनप्रतिनिधि हुनुपर्ने छ भने तीनजना दलित तथा अल्पसङ्ख्यक सदस्यका लागि महानगरपालिकाको मतदाता हुनुपर्ने व्यवस्था रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ