arrow

छटपटीमा उपेन्द्र यादव, सांसदको चुनाव जित्न गठबन्धन छाडेर एमालेको ओत लाग्ने सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
oli-yadav.jpg

काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धजका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहकार्य गर्ने तयारी गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बुधबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट पनि गरेका छन् । दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत आगामी प्रदेश र सङ्घीय निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने पक्षमा उभिन थालेको बेला जसपा भने तालमेलको क्रममा स्थानीय निर्वाचनमा कांग्रेसले धोका दिएको भन्दै असन्तुष्ट हुँदा ओलीले उक्त पार्टीका अध्यक्ष यादवलाई भेटेका हुन् ।

ओलीले २५ बैशाखमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी पछिल्लो पटक गठबन्धन असार १७ गते टुट्ने बताएका थिए । गठबन्धन टुट्ने कुरा आफ्नो नभइ ज्योतिषीको भएको भनाइ थियो । 

तर, तालमेललाई लिएर जसपा असन्तुष्ट हुँदा ओली नै गठबन्धन टुटाउन लागेको कतिपयको विश्लेषण छ । ओलीले बुधबार पार्टी संसदीय दलको बैठकमा पार्टी पहिलो हुन नसक्नुको कारण अन्तर्घातसँगै पाँच दलीय गठबन्धन पनि भएको बताएका थिए । 

उनी गठबन्धनप्रति निकै आक्रोशित छन् । बारम्बार उनी गठबन्धनलाई देश विकास गर्न भन्दा पनि मागिखानेहरूको गठबन्धन भन्दै टिप्पणी गर्दछन् । 
सोही गठबन्धन टुटाउन ओलीले चाहँदै आएका हुन् । 

ओली निकट एक पदाधिकारीले भने गठबन्धन आफैं टुट्ने बताए । ‘तालमेलमा धोकाधडी भयो भन्ने सुनिँदै आएको छ । अहिले नै यस्तो भएपछि अनि प्रदेश र संघको निर्वाचनमा सँगै जान्छन् होला र ? मलाई लाग्छ, अहिले बजेट अधिवेशन नसकिँदै गठबन्धन टुट्छ । हामीले टुटाउनु पर्दैन ।’

गठबन्धनमा कांग्रेस, माओवादी र जसपाको अतिरिक्त नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पनि रहेका छन् । 

प्रधानमन्त्री छँदा ओलीले दोस्रो पटक ७ जेठ २०७८ मा संसद् विघटन गरेपछि कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन बनेको हो । गठबन्धन एमालेको राजनीतिक यात्रामा भने हानिकारक भएको छ । परिणामतः सङ्घीय सरकार मात्र होइन, चार वटा प्रदेश सरकार गुमायो भने राष्ट्रियसभा निर्वाचनसँगै स्थानीय तह निर्वाचनमा क्षति बेहोर्नु परेको छ ।
 
यता यादवले भने नातावादमा लाग्दा विराटनगरको उपमेयरमा हार्नुपरेको विश्लेषण गरिएको छ । उनले त्यहाँ कुनै चर्चामा नरहेका आफ्ना छोरालाई गठबन्धनको बलमा उपमेयर बनाउन खोजेका थिए । 

सोही घटना जनकपुर उपमहानगरपालिकामा पनि दोहोरिएको हो । छोराले हारेपछि भने उपेन्द्र यादव स्वयं संघीय चुनावमा कुन ठाउँबाट चुनाव लड्ने भन्नेमा छटपटीमा छन् । 

उनले आफूले चुनाव जित्ने क्षेत्र खोज्दै हिँडिरहेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ