arrow

नेटोमा सामेल हुन नदिने भनेपछि टर्कीलाई मनाउन आएकाे फिनल्याण्ड र स्वीडेनको टोली रित्तै फर्कियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
finaland-sweden-turkey-nato.jpg

काठमाडौं । स्वीडेन र फिनल्याण्डका प्रतिनिधिहरू नेटो सैन्य गठबन्धनमा सामेल हुने तयारी गर्दा टर्कीले जनाएको आपत्तिलाई सम्बोधन गर्न बुधबार अंकारा (टर्कीको राजधानी) मा थिए ।

टर्कीले कुर्दिस्तान वर्कर्स पार्टी वा पीकेके, साथै अमेरिका समर्थित सिरियाली कुर्दिश मिलिशिया, वाईपीजीलाई उनीहरूको कथित समर्थन उद्धृत गर्दै नर्डिक देशहरूलाई नेटोमा सामेल हुन नदिने बताएको छ। त्यस्ता समूहहरू आफ्नो सुरक्षाका लागि खतरा भएको  अंकाराले बताउँदै आएको छ ।

रुसको डरलाग्दो आक्रामकता विरुद्ध आफ्नो रक्षाको रूपमा नेटो गठबन्धनमा सामेल हुन दुई देशको आवेदनले दशकौंदेखिको सैन्य तटस्थताको अन्त्य गरेको छ ।

रुससँग १ हजार ३ सय किलोमिटर साझा सीमा रहेको फिनल्याण्ड र यसको छिमेकी स्वीडेन युक्रेनमा मस्कोको आक्रमणबाट विचलित भएका छन् ।

टर्कीको आपत्ति के हो?

अंकाराले फिनल्याण्ड र स्वीडेनले पीकेकेलाई सुरक्षित आश्रय दिएको र आतंकवादीहरूलाई सुपुर्दगी गर्न अस्वीकार गरेको आरोप लगाउँदै आएको छ ।

स्वीडेन र फिनल्याण्डले २०१९ मा वाईपीजीविरुद्धको सैन्य आक्रमण पछि टर्कीमा हतियार निर्यातमा प्रतिबन्ध लगाएका थिए। ईयूसहित टर्कीका धेरै सहयोगीहरूले पीकेकेलाई आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरेको छ। यसले टर्की विरुद्ध दशकौं लामो विद्रोह गर्दै आएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिशेष स्थितीलाई आधार मान्दै स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल हुनबाट रोक्ने संकेत गरेका छन् ।

अंकरा भ्रमणको उद्देश्य के थियो ?

स्वीडेनको प्रतिनिधिमण्डलको नेतृत्व विदेश सचिव ओस्कर स्टेनस्ट्रोम र फिनल्याण्डबाट उनका समकक्षी जुक्का सालोभाराको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालिन र उप विदेशमन्त्री सेदात ओनाललाई अंकाराको राष्ट्रपति भवनमा भेटेको थियो ।

करिब पाँच घण्टासम्म चलेको वार्तापछि टर्कीश राष्ट्रपतिका प्रवक्ता कालिनले पत्रकार सम्मेलनमा हतियार निर्यात प्रतिबन्ध हटाउने विषयमा दुवै देशले सकारात्मक दृष्टिकोण राखेको बताए ।

यद्यपि उनले अंकाराको आपत्तिलाई सम्बोधन गर्न विशेष कदम नचालेसम्म टर्कीले दुई नर्डिक देश नेटोमा सामेल हुन दिन सहमत नहुने बताएका छन् ।

इब्राहिम कालिनले  पत्रकार सम्मेलनमा भने, 'हामीले यो स्पष्ट गरिसकेका छौं कि यदि टर्कीको सुरक्षा चासोमाथि निश्चित समयसीमामा ठोस कदम चालिएन भने प्रक्रिया अगाडि बढ्न सक्दैन ।'

बुधबार इजरायलको भ्रमणमा रहेका टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले मंगलबार नै तीन पक्षीय बैठकको अग्रिम घोषणा गरेका थिए । उनले उक्त बैठकमा टर्कीले भिटो हटाउनका लागि आफ्ना मागहरू प्रस्तुत गर्ने बताए ।

स्टकहोममा युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलसँगको भेटपछि स्विडेनी प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले टर्कीसँग छलफलको क्रममा आफ्नो देशको दाबीलाई स्पष्ट गर्न चाहेको बताइन्। 'हामी आतंकवादी संगठनहरूलाई पैसा वा हतियार पठाउँदैनौं,' एन्डरसनले भनेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ