arrow

आयल निगम भलवारी डिपो लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी, दुई वटा टयांकरमा पूर्ण क्षति

logo
नारायण वली, 
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
aagalagi-oil-nigam-tilottama.jpg

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा रहेको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी भएको छ। आयल निगमको डिपोभित्र डिजल लोड गरेर बाहिर निस्कने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको टयांकरमा आगलागी भएको रुपन्देही प्रहरीले जनाएको छ। 

डिजल र पेट्रोल लोड गरेर बाहिर निस्किएर क्रममा आगलागी हुँदा दुई वटा टयांकरमा पूर्ण क्षति पुगेको छ । तिलोत्तमा, बुटवल र भैरहवाबाट गएर दमकलले आगो नियन्त्रणमा लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ