आयल निगम भलवारी डिपो लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी, दुई वटा टयांकरमा पूर्ण क्षति
नारायण वली,
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
1k
Shares
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा रहेको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी भएको छ। आयल निगमको डिपोभित्र डिजल लोड गरेर बाहिर निस्कने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको टयांकरमा आगलागी भएको रुपन्देही प्रहरीले जनाएको छ।
डिजल र पेट्रोल लोड गरेर बाहिर निस्किएर क्रममा आगलागी हुँदा दुई वटा टयांकरमा पूर्ण क्षति पुगेको छ । तिलोत्तमा, बुटवल र भैरहवाबाट गएर दमकलले आगो नियन्त्रणमा लिएका छन् ।