arrow

प्रेस युनियनको स्थापना दिवसका अवसरमा रक्तदान तथा नि:शुल्क स्वास्थ्य परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
union-raktasan.PNG

दिपायल । नेपाल प्रेस युनियन डोटी शाखाले रक्तदान तथा नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरेको छ। प्रेस युनियनको ३१औं स्थापना दिवसका अवसरमा सुजङ्ग अस्पतालसँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा ४ जना पत्रकारहरूले रक्तदान गर्नु भएको छ भने ३० जना पत्रकारहरूले नि:शुल्क स्वास्थ्य परीक्षण सेवा लिए । प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्व. तेजु खड्काको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको सुरुवात गरिएको थियो ।

रेडक्रस डोटीको सहयोगमा रक्तदाताको रगत सङ्कलन गरिएको थियो । कार्यक्रममा प्रेस युनियनका अध्यक्ष प्रकाश बम, प्रेस युनियनका साधारण सदस्य दीपेन्द्र खड्का र तीर्थ नेपालीले रक्तदान गरे । साथै, उद्योग वाणिज्य सङ्घ डोटीका पूर्व कोषाध्यक्ष रमेश जोराले १७औं पटक सोही कार्यक्रममा रक्तदान गरे ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारका मुद्दामा आफूलाई खरो रूपमा उभ्याएको यस संस्थालाई अप्ठ्यारा कालखण्डमा समेत नेतृत्व गरि आजको दिनसम्म ल्याउनुहुने संस्थापक सदस्य देखि वर्तमान नेतृत्व सबै प्रति उच्च सम्मान व्यक्त गर्दै युनियन अध्यक्ष बमले धन्यवाद दिए।

श्रमजीवी पत्रकारहरूको हकहित, अधिकार र प्रेस स्वतन्त्रताका लागि काम गर्दै आइरहेको प्रेस युनियनको स्थापना २०४८ जेठ १३ गते भएको थियो ।  नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ आइएफजेको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।  सोही अवसरमा शुक्रवार देशैभर युनियनले स्थापना दिवस मनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ