arrow

नेपालगन्जका नगर प्रमुख मन्दिरको सरसफाइमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
prasant-sarsafai.PNG

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको अगुवाइमा बागेश्वरी मन्दिरको सरसफाइ गरिएको छ । 

गणतन्त्र दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा द होप नामक संस्थाको आयोजनामा आइतबार बिहान बागेश्वरी मन्दिर क्षेत्र सरसफाइ गरिएको छ । 

आयोजक संस्थाका इन्जिनियर चन्दन राज दासको अध्यक्षतामा सम्पन्न सरसफाइ कार्यक्रममा नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्दिन राई, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु सहित विभिन्न वडाका जनप्रतिनिधिहरू लगायतका सहभागीहरूले झाडु लिएर बागेश्वरी मन्दिर प्राङ्गणको सरसफाइ गरेका थिए ।

सरसफाइ कार्यक्रममा आयोजक संस्था द होपका लक्ष्मी गौडेल, पुजा बस्नेत, सुरेन्द्र बोहरा लगायत सदस्यहरू, विभिन्न क्षेत्रका अगुवा, समाजसेवी, युवा, विद्यार्थी लगायत सयौँको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ