arrow

तीस लाखको नरसंहार र चार लाख बलात्कार पीडितका दाेषी पाकिस्तानीलाई कारबाही गर्न अमेरिकामा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
bangladesh-pakistan-genocide.png

काठमाडौं । ह्युमन राइट्स कांग्रेस फर बांग्लादेश माइनोरिटिज (एचआरसीबीएम) का सदस्यहरूले आइतबार ह्वाइट हाउस बाहिर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सन् १९७१ को बंग्लादेश नरसंहारका दोषीहरू विरुद्ध कारबाही र पाकिस्तानमा रहेका पाँच विश्वव्यापी नामित आतंकवादीहरूलाई सुपुर्दगी गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । पाकिस्तानले गरेको सो नरसंहारमा ३० लाख बढी बंगलादेशी नागरिक मारिएका थिए ।

आजभन्दा ठीक ५१ वर्षअघि बंगलादेशमा पाकिस्तानी सेनाले गरेको एकै दिनमा भएको सबैभन्दा ठूलो नरसंहारका लागि पाकिस्तानले बंगलादेशका जनतासँग माफी माग्नु पर्ने प्रदर्शनकारीले बताएका छन् ।

एचआरसीबीएमका कार्यकारी निर्देशक प्रिया साहले ३० लाखको मृत्यु र ४ लाख बलात्कार पीडितका लागि पाकिस्तान जिम्मेवार रहेको बताएकी छिन् ।

‘अझै पनि यो अपराधमा कसैलाई पक्राउ गरिएको छैन, १९५ पाकिस्तानी अपराधी थिए, उनीहरु आफ्नो सामान्य जीवनको आनन्द उठाइरहेका छन् । हामी अमेरिकी सरकारले पाकिस्तान र १९५ अपराधीलाई म्याग्निट्स्की ऐन अन्तर्गत प्रतिबन्ध लगाएर विश्वभर मानव अधिकारको संरक्षण गरोस् भन्ने चाहन्छौं,’ उनले भनिन्।

यसका साथै प्रदर्शनकारीहरुले नरसंहारका क्रममा पाकिस्तानबाट विस्थापित भएका दुई करोड शरणार्थी र उनीहरूका बालबालिकालाई क्षतिपूर्तिको माग पनि गरेका छन् । 

तिनीहरूले पाकिस्तानलाई नरसंहारका १९५ अपराधीहरू र पाकिस्तानमा बस्ने पाँच विश्वव्यापी रूपमा नामित आतंकवादीहरू सुपुर्द गर्न आग्रह गरे र अमेरिकी सरकारलाई उनीहरू विरुद्ध म्याग्निस्की प्रतिबन्ध लगाउन समेत आग्रह गरेका छन् ।

२० मे १९७१ मा चुकनगरमा मारिएका हिन्दूहरूको सम्झनामा हामी यहाँ छौं। पाकिस्तानी सेना र यसको सहयोगी इस्लामावादीहरूले नरसंहार गराए र १० हजार हिन्दूहरूलाई मारे। ‘हामी हाम्रो अमेरिकी सरकारले पाकिस्तानविरुद्ध कारबाही गरोस् र यो नरसंहार गराउने अपराधीहरूलाई कारबाही गरोस् भन्ने चाहन्छौं। पाकिस्तान र उसको सेनाले विश्वभर आतङ्क मच्चाइरहेको छ । त्यसैले हामी सरकारलाई कारबाही गर्न र मानवताको नैतिकता कायम गर्न अनुरोध गर्दछौं’, अर्का प्रदर्शनकारीले भने।

चुकनगर खुल्ना जिल्लामा अवस्थित एउटा सानो व्यापारिक सहर हो । भारत र बंगलादेश सीमा नजिक यो सहरमा मे २० को बिहानै, लाइट मेसिन गन (एलएमजी) र सेमी अटोमेटिक राइफल बोकेका पाकिस्तानी सेनाले सर्वसाधारणमाथि गोली हानेका थिए।

घटना ५१ वर्षअघि आजकै दिन भएको थियो जब पाकिस्तानी सेनाले बंगलादेश (पहिलेको पूर्वी पाकिस्तान) मा केही बंगलादेशी मूलका इस्लामवादीहरू (जसलाई रजाकार पनि भनिन्छ)को सक्रिय सहभागितामा एकैदिन सबैभन्दा ठूलो नरसंहार गरेको थियो। यो नरसंहारलाई इतिहासकै सबैभन्दा दुःखद सामूहिक अत्याचारको रूपमा लिइन्छ।

भारतमा शरण लिनको लागि पर्खिरहेका यस क्षेत्रका हिन्दू अल्पसंख्यकका अधिकांश सदस्यहरू १० हजार नागरिकहरू एकै दिनमा मारिएका थिए। कयौं महिलालाई गोली हान्नुअघि बलात्कृत गरिएको थियो र उनीहरुको शव भद्रा नदीमा फालिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ