arrow

गल्फैमा मानव धर्मको आश्रम बन्दै

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ जेठ १६ सोमबार
284502675_1228685554540770_1213459077089923399_n.jpg

दार्चुला । दार्चुला सदरमुकामस्थितको महाकाली नगरपालिका–५ गल्फैमा मानव धर्म सेवा आश्रम निर्माणको कार्य थालिएको छ । सोमबार एक कार्यक्रमबीच आश्रमको शिलान्यास गरिएको छ । १८ आना जमीनमा आश्रम निर्माण हुने नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विनोद शर्माले जानकारी दिए । 

स्थानीय लोकमणी ठगुन्नाको २ आना जग्गा दान सहयोग र १६ आना समितिले खरिद गरेको जग्गामा बन्ने दुई तले भवनमा भुँइ तलमा हल र माथिल्लो तलामा ६ कोठा निर्माण गरिने जनाइएको छ । 

९० लाख लागत रहेको उक्त आश्रम मंसिरमा सम्पन्न हुने गरी तिंकरी विल्डर्सले काम गरिरहेको छ । 

मानव धर्म सेवा समितिले मानव जातिका लागि आध्यात्मिक भौतिक, विकासका लागि सत्संग, प्रवचन, साधना शिविरका साथै विभिन्न सामाजिक कार्यसमेत गर्दै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ