arrow

फनपार्कले सरकारी जमिन हडपेको प्रति इलाम कांग्रेसले गर्‍यो कारबाहीको माग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
nepali-congress-flag.jpg

इलाम । इलामको माई नगरपालिकामा सामुदायिक वन मासेर निजी स्तरबाट पार्क निर्माण गरिएकामा नेपाली कांग्रेस इलाम जिल्ला कार्यसमितिले आपत्ति जनाएको छ । 

उक्त कार्यसमितिले विज्ञप्ति जारी गर्दै सो आरोप लगाएको हो। माई नगरपालिका–२ र ८ मा अविस्थत ह्याप्पी ड्रिम्स द्वारा सञ्चालित चेप्टी फनपार्कले सरकारी जमिन हड्पेको समाचार विभिन्न सञ्चारमाध्यममा आएको छ । 

समाचारमा फनपार्क सञ्चालक, वनका कर्मचारी तथा राजनीति दलका प्रतिनिधिको मिलेमतोमा सो कार्य भएकोप्रति पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ । 

सरकारी वन अनाधिकृत रुपमा मास्न र फँडानी गर्न नपाइने भए पनि वातावरणीय दृष्टिले अति संवेदनशील चुरे क्षेत्रमा यस्तो कार्य हुनु असामान्य भएको भन्दै तत्काल छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरिएको छ । 

कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगरप्रमुख खम्बसिंह लिम्बू, वन कार्यालयका तत्कालीन प्रमुख इन्द्रनारायण भण्डारी र पार्क सञ्चालक दिनेश शिवाकोटी उपर छानबिन हुनुपर्ने माग स्थानीयवासीले समेत गर्न थालेका छन् । 

साथै अन्य व्यक्तिहरुको समेत संलग्नता हुन सक्ने भएकाले यस घटनालाई सामान्य हिसाबले हेर्न नहुने बताइएको छ । 

सामुदायिक वनको ४५ रोपनी र करिब ३०० रोपनी ऐलानी जग्गा मासेर सो फनपार्क निर्माण भएको उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि स्थानीयवासीले उजुरी दिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ