arrow

चन्द्रपुर नगर कार्यपालिकाको निर्वाचनमा कांग्रेसको बहुमत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
chandra-pur-congress.PNG

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचन बुधबार सम्पन्न भएको छ । 

चन्द्रपुर नगरपालिकामा भएको निर्वाचनमा २० जना कार्यपालिका सदस्यका लागी ५२ जना जनप्रतिनिधिले मतदान गरेका थिए । 

नेपाली कांग्रेसले २० मध्ये १४ सदस्य सहित बहुमत हासिल गरेको छ भने माओवादी केन्द्रले ४ र नेकपा एमालेले २ सदस्य जितेको छ । 

निर्वाचित हुनेमा अल्पसङ्ख्यकको लागि नेपाली कांग्रेसका कल्याण राज कुश्वार र नेत्र बहादुर कुश्वार छन् भने नेकपा माओवादी केन्द्रबाट जयप्रकाश नारायण मुखिया विजयी भएका छन् । 

उता निर्वाचितबाट परेको महिला सदस्यमा नेपाली कांग्रेसका उम्मेदवारहरू क्रमशः बबीता देही सहनीय, सुशीला पाण्डे, हिमकला राना, मरछिया देही र कल्पना राई विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ