arrow

कोहलपुरमा दुई वटा मोटरसाइकल ठोक्किए : एकको मृत्यु, दुई जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
bike-accident.jpg

नेपालगञ्ज । बाँकेको कोहलपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । 

कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीमा कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ३३९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे ११ प ११८१ नम्बरको मोटरसाइकल गए राति पौने १२ बजे एक आपसमा ठोक्किँदा भे १२ प ३३९८ नम्बरका मोटरसाइकल चालक कोहलपुर नगरपालिका–२ का २९ वर्षीय खड्क गुरुङको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

सोही मोटरसाइकल पछाडि सवार कोहलपुर २ का २९ वर्षीय राम बहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नरपालपालिका ८ का ३८ वर्षीय दल बहादुर सारु घाइते भएका छन् । दुबै जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ