- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारमा पठाएका मन्त्रीहरू सत्तामै टाँसिएर बसेको भन्दै सांसदमा व्यङ्ग गरेका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा भाग लिँदै खर्च कटौतीको प्रस्तावक सुवालले कार्यकर्ता तान्ने परिपाटीले यस्तो भएको बताए ।
पछिल्लो समय नेकपा एकीकृत समाजवादी (एस) पार्टीभन्दा त्यसका चार मन्त्री शक्तिशाली देखिएका छन् । चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णयलाई गरे पनि उनीहरु रोक्न सफल भए ।
त्यसमाथि टिप्पणी गर्दै सुवालले भने,' एउटा पार्टीको सम्मेलनमा पुगेका अर्को पार्टीका नेताले शुभकामना दिने नाउमा पार्टीका कार्यकर्ता तानेर ल्याउने गर्दा नै अहिले ती पार्टीका नेताले संयुक्त सरकारमा पठाएका मन्त्रीहरू सत्तामै टाँसिएर बस्ने भन्ने पनि चर्चामा आएको छ । नेपाली उखान छ पाप धुरीबाट कराउँछ । यो उखान खोज्न पनि सबैलाई सजिलो छैन ।'
उनले भने,' उद्योग गर्दा २०-३० वर्ष लाग्ने भएकाले अव सम्पत्ति कुम्लाउन पूजीवाद पार्टीमा लागेर चुनाव जितेर मन्त्री भएर ६-८ महिनामा कुम्लाउन पाउने नयाँ पाठ्यपुस्तक पनि राख्न पाउनुपर्ने भयो की भनेर विद्यार्थीहरूको पनि गुनासो छ ।'
विनियोजित बजेटमा जनताले कुनै आस गर्न नसक्ने उनले बताए । उनले भने,' राजाहरूले पनि लोककल्याणकारी कुरा गरेका थिए । पुँजीवादी पार्टीहरूले निर्वाचनमा पैसा र सामान बाँड्ने भोज भतेर खुवाउने र बहुमत ल्याउने गर्छन् । नेपालमा कम्युनिष्ट र समाजवादी भनिने पार्टीहरूले पनि त्यस्तै काम गरेको जनताको गुनासो छ ।'
सिन्धुपालचोकमा नेमकीपाले मादल चुनाव चिन्ह नपाएको उनले गुनासो गरे। 'राजनीति शास्त्रको पुस्तकमा निर्वाचनमा जित्न पैसा र सामान बाँड्ने र निर्वाचन आयोगले पार्टीलाई चुनाव चिन्ह नदिनेलाई प्रजातन्त्र भनी परिभाषित गर्नुपर्ने दिन आयो की । संयुक्त सरकार अर्थ भागबण्डा , राजनीति भनेको घुस पक्षपात भनी फेर्नुपर्ने भयो की ?'